२०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको  पार्टी एकता सहमति-पत्र

मंगलवार , कार्तिक १८, २०८३

 

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता सहमति पत्र

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो । यही आवश्यकतालाई ध्यानमा राखी नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचमा पार्टी एकता र कम्युनिष्ट आन्दोलनको एकीकरणको प्रक्रिया अगाडि बढाउनका लागि निम्न प्रस्तावहरूमा सहमति गरिएको छ ः
१. पार्टीको मार्गनिर्देशक सिद्धान्तः माक्र्सवाद–लेनिनवाद हुनेछ । 
२. नेपाली क्रान्तिको कार्यक्रमः नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । 
३. पार्टीको तात्कालिक कार्यनीतिः संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने हुनेछ । 
४. आन्दोलनको स्वरूपः आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ ।  समय परिस्थिति अनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने छ । सडक, संसद् र सरकार लगायतका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन् । 
५. एकता राष्ट्रिय महाधिवेशनः आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ । 
६. सङ्गठनात्मक समायोजनः केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन हुनेछ । 
७. एकता तथा समायोजनः सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा सहमतिका आधारमा समायोजन गरिने छ । उक्त काम यही मंसिर मसान्तभित्र सम्पन्न गरी सकिनेछ । 
८. पार्टी समितिहरूको सञ्चालनः पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुनेछ । 
९. पार्टीको नाम र चुनाव चिन्हः नाम नेपाली कम्युनिष्ट पार्टी र पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने छ । 
१०. मतभेद समाधानः सिद्धान्त र विचार लगायत एकआपसमा रहन सक्ने मतहरू तथा विगतको समीक्षासहित निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुगिने छ । 

मिति २०८३ कार्तिक १७ गते

 

dasta bej.jpeg

  
 ............................   ............................       ............................
  उमा भुजेल   माधव कुमार नेपाल       पुष्पकमल दाहाल ‘प्रचण्ड’
    महासचिव       सहसंयोजक                    संयोजक
नेपाल कम्युनिष्ट पार्टी   नेपाली कम्युनिष्ट पार्टी       नेपाली कम्युनिष्ट पार्टी