२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

अनप्लग कविता साँझमा तीन कवि

शुक्रवार , भाद्र २९, २०७५

                                                  अनप्लग साँझमा कविहरु दमक, नेपाल लिटरेरी ग्रृप झापाकाे १६ अाैं अनप्लग साँझमा यसपटक तिन कविले कविता सुनाएका छन् । शुक्रबार दमकमा अायाेजित कार्यक्रममा कविहरु राज माङ्लाक, राजु स्याङ्तान र सुन्दर कुरुपले दुई दर्जन कविता सुनाए । राज माङ्लाकले लिम्बुनी गाउँ, प्रेम कविताकाे अवसान, गाउँ र सहर, साँवा खाेलाकाे गीत, राष्ट्रियता र याैटा मिल्कि सकेकाे पर्स देखेपछि लगायतका कविता सुनाए । राजु स्याङ्तानले गुमनाम ताराहरु, अामा तिमी मात, रेमिट्यान्स, नागरिकता, रामबहादुर मार्ग लगायत कविता सुनाए । त्यस्तै सुन्दर कुरुपले लालमाया धिमालकाे मुस्कान, सुनसान गाउँ, रक्सी नपिएकाे साझँ, बाउ, गीतार, साेल्टिनी साइली, पृथ्वीकाे अाविस्कार लगायत कविता प्रस्तुत गरे । लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीले फरक फरक परिवेशमा बसि कविता लेखिरहेका समकालीन कविहरुलाई अनप्लगमा उभ्याइएकाे बताए । ग्रृपका सचिव विराट किरातीले पूर्वी नेपाललाई साहित्यकाे हब बनाउनु अनप्लपकाे उदेश्य रहेकाे प्रस्ट्याए । उनले भने, 'हामी नियमित कार्यक्रम गरिरहेका छाैं । यसकाे उदेश्य साहित्यलाई समाजसँग जाेड्नु हाे ।' अनप्लग साँझमा कविहरु बद्रि भिखारी, देवान किराँती, प्रकाश थाम्सुहाङ अाचार्य प्रभा, श्याम सिङ्घक, नवराज मैनाली अभागि थेगुगा लगायतले स्वागत तथा शुभकाम मन्तव्य राखेका दिए ।