माक्र्सवादी क्रान्तिकारी, प्यान अफ्रिकन सिद्धान्तकार तथा बुर्किनाफासोका राष्ट्रपति थोमस इसिदोस नोएल संकाराको जन्म सन १९४९ को डिसेम्बर महिनामा भएको थियो । उनी सन १९८३ देखी १९८७ सम्म राष्ट्रपति भएका थिए । उनी करिश्माई क्रान्तिकारी यस्ता नेता थिए उनलाई सबैले अफ्रिकाको चे भनि सम्बोधन गर्दथे ।
सन १९८३ मा ३३ बर्षको उमेरमा उनले बुर्किना फासोबाट भ्रष्टाचार, फ्रान्सको उपनिवेशवादको अन्त्य गर्दै सत्ता हातमा लिएका थिए । त्यसको लगतै उनले सामाजिक आर्थिक परिवर्तनका कार्यक्रमहरु लागू गरेका थिए । देशको नाम पनि अपर भोल्टाबाट बुर्किना फासो भनि परिवर्तन गराएका थिए । उनको विदेश तथा आर्थिक नीति उपनिवेशबाद विरुद्धको र समाजवाद उन्मुख रहेको थियो ।....
संकाराको लोकप्रिययता र समाजावदी कार्यक्रमले उपनिवेशवादको नाइके फ्रान्सले एउटा गतिलो देशीय गद्दार फेला पारिसकेको थियो । जस्को नाम ब्लाइसे काम्पाओरे थियो । उसैले सन १९८७ को अक्टोबरमा अपदस्त गरी संकाराको हत्या गरेको थियो । मारिने कुरा उनले थाहा पाइसकेका थिए भन्ने झल्को उनले एकहप्ता अघि बोलेको भाषणबाट प्रष्ट हुन्छ हुनसक्छ
" क्रान्तिकारीहरुको हत्या हुनसक्छ, तर क्रान्तिकारी विचारको हत्या गर्न सक्तैनन् ।" संकाराको सत्तारोहणसंगै बुर्किना फासोले चार बर्षमा कायापलट विकास गर्न थालिसकेको छ । खाद्यान्नमा आत्मानिर्भर भैसकेको थियो । भुमिसुारको कार्यक्रम लागू गरिसकेका थिए । स्वास्थ्य र साक्षरताको क्षेत्रमा आमूल परिवर्तन गराएको थियो । बैदेशिक ऋण सर्लक्कै घटाएको थियो लगानीमार्फत साम्राज्यवादीहरुको घुसपैठमाथि नियन्त्रण गरेका थियो ।
तर यो विकास, यो निर्माण, यो आत्मा निर्भर प्रतिक्रियावादी तत्व र साम्राज्यवादी तत्वलाई मुटुमा ठोकेको किलो जत्तिक्कै भएको थियो । त्यसकारण बुर्किना फासोलाई कब्जामा लिईराख्न उनीहरुको भरोसामन्द कठपुतलि सरकार चाहिएको थियो तिनीहरुलाई ।
थोमस संकारा आफैले बुर्किना फासोको राष्ट्रिय गीत लेखेका थिए ।
हत्या गरेको २० बर्ष अर्थात १५ अक्टोबर २००७ मा थोमस संकाराको बुर्किना फासो, माली, सेनेगल, नाइजर, तान्जानिया, बुरुण्डी , फ्रान्स, क्यानडा र युएसएमा समेत भव्य समारोह गरी उनको भव्य सम्मान गरिएको थियो । यसबाट पनि प्रष्ट हुन्छ उनी सच्चा अन्तर्राष्ट्रियताबादी थिए, सच्चा क्रान्तिकारी थिए, सच्चा राष्ट्रवादी र साँच्चै नै अफ्रिकाका चे नै थिए । उनको जीवनको पृष्ठभूमि सैनिक थियो सेनाको क्याप्टेन थिए । ....
क्युबाका राष्ट्रपति फिडेल क्याष्ट्रोकासाथ थोमस संकारा

Asar 4, 2078 kathmandu, Nepal