♦ २००९ साल कात्तिक १४ गते दार्जिलिङमा खिचेको यो एउटा ऐतिहासिक फोटो हो ।
त्यसै बेला स्थानीय सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान)ले लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटालाई त्रिमूर्ति घोषणा गरेका थिए ।
यहाँ उपस्थित महानुभावहरूको नाउँ मैले नै सोधिखोजी गरेर प्रस्तुत गरेको हुँ ।
यहाँ उपस्थित महानुभावहरूको नाउँ मैले नै सोधिखोजी गरेर प्रस्तुत गरेको हुँ ।
• सबैभन्दा अगाडि बस्ने : गौतम मानन्धर
• पहिलो पङ्क्ति : चन्द्रकान्तादेवी जोशी, पुण्यप्रभादेवी ढुङ्गाना, बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, धरणीधर कोइराला,रामप्रसाद मानन्धर;
• दोस्रो पङ्क्ति : पेम्बा छिरिङ, नरेन्द्रनाथ बाँस्तोला, पर्शुराम, दीर्घराज कोइराला, सूर्यविक्रम ज्ञवाली, देवीप्रसाद उप्रेती, वीरेन्द्र खुँजेली;
• तेस्रो पङ्क्ति : भीष्मराज प्रसाई, फत्तेबहादुर बुढाथोकी, गङ्गानाथ बाँस्तोला, शङ्कर लामिछाने, ईश्वर बराल, निर्मल, तारानाथ शर्मा, अग्निराज श्रेष्ठ, हरिनाथ बाँस्तोला ।
(फोटो सौजन्य: दास फोटो स्टुडियो; दार्जिलिङ)
(फोटो सौजन्य: दास फोटो स्टुडियो; दार्जिलिङ)
उमा कार्की
नेपाली साहित्यका त्रिमूर्ति भारतीय नेपाली त्रिमूर्तिबाट नै घोषणा हुनु एउटा चमत्कार ! साथै भिनाजु हजुर र दिज्यूले बनाई बक्सेको त्रिमूर्तिको पूर्ण कदको सालिक अर्को चमत्कार !!!
Narendra Raj Prasai
प्रा.घटराज भट्टराई, इन्दिरा प्रसाई र नरेन्द्रराज प्रसाई कै सक्रियतामा त्रिमूर्तिको सालिक बनेको हो; प्रिय साली !
Narendra Raj Prasai
त्रिमूर्तिको सालिक पनि हामी तीन जना (प्रा.घटराज भट्टराई, इन्दिरा प्रसाई र नरेन्द्रराज प्रसाई) कै सक्रियतामा बनेको हो; प्रिय साली !
Kapil Ghimire
ऐतिहासिक फोटो ।अब यसमा जीवित हुनेहरू त साह्रै थोरै हुनुहुन्छजस्तो लाग्यो।त्यसमा पनि नाम पाउन पाए अझ लाभदायक हुन्थ्यो कि !
Narendra Raj Prasai
कुरा गलत भयो है; श्यामजी !
उहाँ गौतम मानन्धर नै हो ।
Dev Raj Sharma
त्यो एतिहासिक पलको यो तस्वीर धरोहर नै हो
Gorkhesailo Lamichhane
यो तस्वीर एतिहासिक धरोहर मात्र हैन अविष्मरणीय इतिहासको पानो हो ।
Narendra Raj Prasai
त्रिमूर्तिको सालिकको निर्माणको क्रमको बेला मैले "त्रिमूर्ति"को इतिहास खोजेको थिएँ । त्रिरत्न अथवा भनौं सूधपाले घोषणा गरेपछि खास गरेर नेपाली साहित्यिक माझ "त्रिमूर्ति" नै प्रचलित नाउँ भयो । त्यतिमात्र होइन त्रिमूर्ति एक अर्कामा अति मिल्थे । कतिसम्म भने उनीहरू जहाँ जाँदा पनि सकेसम्म छुट्टिदैन थिए।
Sunita Singh Karki
नइकाे साहित्यिक खाेज देखेर नतमस्तक छु।
Narbahadur Dahal
याे ठाउँ त हामीलाई तीर्थ जस्तै लाग्छ।भारतीय नेपालीहरु बीच यी तीनै जना साहित्य महारथीहरु अति पूजनीय छन्।
Narbahadur Dahal
नेपाली भाषा प्रचारक संघद्रारा करफाेक (इलाम)मा अायाेजित लेखक समेलनकाे सारा mव्यवस्था महानन्द सापकाेटाले मिलाएर त्रिमूर्ति हरुलाई लैजानु भएकाे थियाे।फाेटाे पनि करफाेकमा खिचे जस्ताे लाग्छ।
Gopal K Basnet
करफोक ईलाममा खिचेको फोटो हो ।
दार्जेलिगमा होइन ।
Ramchandra Ghimire
ऐतिहासिक सुन्दर पक्ष!
नेपाली स्रष्टाको उचाे कद!
Pushpa Sharma
सचित्र नेपाली वाड्मय भण्डार।त्रिमूर्ति,सुधपा को अपूर्व संगम। तस्वीर इतिहास बोल्छ।
Hemant Ghimire
यो चित्र नेपाली भाषीका लागि अमूल्य नीधि हो, प्रत्येक नेपालीले आफुसंग राख्नु पर्ने दुर्लभ चित्र !
Sharad Koirala
ऐतिहासिक तस्वीर ! धन्यवाद हजुरलाई !!!!!
Ramesh Kumar Shrestha
सह्रै राम्रो ऐतिहासिक तस्वीर ।
Jeevan Shrestha
नरेन्द्र भाईले अथक प्रयास गरेर नेपाली साहित्यको कोईला खानीबाट धेरै बहुमूल्य हीरा हरू निकाल्नु भएको छ - हामी गर्व गर्छौ !
Jaya Karki
समग्र साहित्यकारको इतिहास एउटै तस्बिरमा हेर्न पाईयो ।
- नरेन्द्रराज प्रसाईं को फेसबुकबाट