२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

फोटो फिचर: खुल्ने आसैआसमा भग्नावशेषमा परिवर्तित खरिढुङ्गा ओरिण्ड म्याग्नेसाइट कारखाना- जय कार्की

बुधवार , श्रावण २०, २०७८

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–९ लाकुरीडाँडास्थित नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालि बिगत दुई दशक अघिदेखि बन्द रहेको कारखानाको भग्नावशेषमात्र छ । यो उद्योगलाई पुन संचालन गर्ने बाचासहित दर्जनौ नेता र मन्त्रीहरुले लावालस्करसहितको स्थलगत निरीक्षण र अवलोकन गरेपनि बाचा भने कहिल्यै पुरा गरेनन् । अहिले पनि जिर्णरुपमा यथावत छ । घानेघुने स्थानीयहरुले चर्चा गर्छन "यहाँ नेपाल सरकारले फिल्म सिटी निर्माण गर्छ रे" । कारखानाको यत्र तत्र थुपारी राखेको काई लागेको कच्चा पदार्थ खरिढुङ्गाहरुको थुप्रो अझै देख्न सकिन्छ । सो कारखाना बन्द भएपनि खरीढुङ्गलाई कुँदेर रोटीको बेल्ना, चौकी, मैनबत्ति स्ट्याण्ड लगायत अनेकौं प्रकारको घरेलु सामाग्रीहरु स्थानीयबासीहरुले उत्पादन गरी पसलमा बेच्न राखेको पाईन्छ । खरी ढुङ्गा नङले पनि कोत्रन सकिने कमलो खालको हुन्छ ।यहाँबाट उत्पादन भएको म्यागनेसाइट भारत निर्यात हुने गरेको थियो । यहाँबाट दोलखा र सिन्धुपाल्चोक जिल्लाको सबै रमणीय हिमाल, पहाड नदी, कोशीहरु समेत हेर्न सकिन्छ ।यसै बन्द जिर्ण कारखानाले प्रश्नचिन्ह खडा गर्दछ के साँच्चै सरकारले रोजगारी सिर्जना गरी जनतालाई बैदेशिक रोजगारीमा जानबाट रोक्ने पयत्न गरेको छ त ?