२०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते

गीत: हामीले तिमीसित- आकाश मागेका छैनौ

सोमवार , भाद्र २२, २०८३

गीत: हामीले तिमीसित- आकाश मागेका छैनौ

 
हामीले तिमीसित- आकाश मागेका छैनौ
सिंगो पृथ्वी मागेका छैनौ
तिम्रो कल-कारखाना मागेका छैनौ
मागेका छौं त
केवल जिउन पुग्ने बेतन,
सामाजिक सुरक्षा र पेंशन।
...
 
त्यति पनि दिन मान्दैनौ भने
एक जुट्ताको अभियानमा जुट्छौँ
तिम्रा कालाकर्तुतको भन्डाफोर गर्छौं
हातमा जे औजार छ त्यही बोकि
आन्दोलनमा उत्रन्छौ
...
 
खोस्न जुट्छौं हामी कलकारखाना,
धर्ति र यो आकाश
हामी खोस्न कसिन्छौ तिम्रो स्वर्ग र तिमीले फेर्ने सास
हामीले तिमीसित आकाश मागेका छैनौं ...
सिङ्गो धरती मागेका छैनौ
...
 
खबरदार बन्द गर हाम्रा लाला बालालाई भोकै पार्न
बन्द गर किसान मजदुरलाई लगाउन उठिबास ।
आउनुस मजदूर साथी
आउनुस किसान साथी
वर्गसंघर्षलाई बुलन्द पारौं
...
 
एक आपसमा दरो हाते मालो गरौँ
दुस्मनको किल्लालाई एकताको बलमा ढालौ
हाम्रो शुन्दर सन्सार आफ्नै बलबुतामा निर्माण गरौं ।
हाम्रो शुन्दर सन्सार आफ्नै बलबुतामा निर्माण गरौं ।
हाम्रो शुन्दर सन्सार आफ्नै बलबुतामा निर्माण गरौं ।
 
  •  जय कार्की,अन्टुफ बिज्ञ