यो तस्बिर बिल बरार्ड लुकासले केन्यामा खिचेका हुन
विश्व हात्ती दिवस अगस्त १२ अर्थात साउन २८ गतेका दिन विशालकाय हात्तीलाई पर्यावरण परिवर्तनले पारेको असरका बारेमा र संरक्षणको बिषयमा छलफल भएको पनि सुन्नमा आएको छ । प्रतिकूल पर्यावरण र वासस्थानको आभावका कारण लोप हुने चिन्ता गर्न थालिएको छ भने अर्कोतिर चोर शिकारीहरुको बिगबिगीले पनि हात्ती मासिन सक्ने खतरा औंल्याएका छन ।
केही बर्ष अघिदेखि बासस्थानको अभावले नेपालको प्रदेश एक र प्रदेश दुईको तराई क्षेत्रमा (झापा जिल्ला देखी रौतहट जिल्लासम्म) घरघरमा हात्ती पसेर आतंकमात्र मच्चाउँने गरेको छैन कि कैयौंका ज्यान समेत लिइसकेको छ बाली, फलफूल र भकारीमा राखेको धान र घरसमेत भत्काउँने गरेको छ । पिडित जनताले आगो बालेर, पटका पड्काएर हात्तीलाई गाउँबाट धपाउँने गरेका छन । यसतर्फ सरकारले भने नियन्त्रण र संरक्षणमा खासै ध्यान नदिएको कारणले बढि धनजनको नोक्सान भैरहेको छ ।
विल बुरार्ड लुकासले हात्तीहरुको रानीको बिषयमा लेख्नुभएको पुस्तक- Land of giants.
[caption id="attachment_30757" align="alignnone" width="1024"] Will with a meerkat on his shoulder. Photographer Will Burrard- Lukas.[/caption]