२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

फोटो फिचर: पूरै नेपाली जनता एमसीसी बिरुद्ध, आन्दोलन उत्कर्षतिर

बिहिवार , भाद्र २४, २०७८

अमेरिकी साम्राज्यवादले कथित सहयोगका नाममा नेपालमाथि लादेकोे आर्थिक प्याकेजले देशलाई  अफगानिस्तान, सिरिया र लिबियालाई जसरी धराशायी बनाउँने खतरा देखेपछि नेपाली जनता सडक आन्दोलनमा उत्रिसकेका छन् । यो आन्दोलनले अर्को जनआन्दोलनको रुप लिन थालिसकेको छ । नेपाली जनताले अमेरिकी साम्राज्यवादका चाटुकारहरुले फैलाएको भ्रमलाई पर्दाफास गर्न थालिसकेका छन भने राज्यसन्चालन गरिरहेका र प्रतिपक्षमा बसेका नेकपा माओवादी केन्द्र बाहेकका  दलहरुको शंकास्पद गतिविधि र अस्पष्ट बिचारका विरुद्धमा पनि आम नेपाली जनता झन झन रुष्ट बन्न थालेका छन् । जनताको एक सूत्रीय माग रहेको छ । एमसीसी खारेज गर ।   एमसीसीको कात्रो ओढाई शीरको टोपी किचिपिची पार्नेलाई छँदाखाँदाको थुतुनोमा ताल्चा लगाई नबोलको कोर्रा (ह्वीप) खाएकालाई मुठ्ठी उठाई खबरदारी गरौं देशका खातिर बोलों, सार्वभौमका लागि ह्वीप तोडौं राष्ट्रबाद जिन्दाबाद अमेरिकी साम्राज्यवाद मुर्दाबाद एमसीसीका दलाल मुर्दाबाद देशभक्त जनता जिन्दाबाद एमसीसीका मतियार मुर्दाबाद एमसीसी चाँहिदैन देशलाई बन्धकी राखेको- समृद्धि र विकास चाँहिदैन   यसरी उत्रिदैछन नेपाली जनता एमसीसी बिरुद्ध ।