२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

सर्लाहीको बागबानी केन्द्र र कृषि श्रमिकका कुरा-जय कार्की

शुक्रवार , बैशाख २९, २०८०

मधेश प्रदेशको सर्लाही जिल्लाको नबलपुरस्थित बिशालकाय तथा एशियाकै ठूलो उष्ण प्रदेशीय बागबानी केन्द्र जस्तो गति र मतिको हुनुपथ्र्यो त्यो अवस्थामा छैन । विशेषज्ञ र बिज्ञको नियुक्तिको सट्टामा मन्त्रीका आफन्त अर्थात भाई भतिजा, नातागोताको नियुक्तिका कारणले २०७२ सालको भूकम्पलेझैं यसको जग हल्लाएको छ ।
सक्कली कामदारमात्र होइन, नक्कली कामदारहरुले पनि मात्र हाजिर गर्छन् सो बापतको रकमको हिस्सामा जान्छ भन्ने पनि त्राही मानी मानी ब्यक्त गरेको सुन्नमा आयो । सक्कली श्रमिकहरुको रोजगारी संधै धरापमा परेकोमात्र होइन कि नेपाल सरकारले तोकेको न्युनतम बेतनमाथि बजेटको कारण देखाई खेलवाड गरेको वा दामासाही गर्ने गरेको आवाज चर्कोसंग आयो ।
डिलक्स सेक्युरिटी काममा खटाइएका सेक्युरिटी श्रमिकहरुलाई दैनिक १२ घण्टा खटाएर ओटीबापत आउने रकम अर्कैले चप्काउँने गरेको र पोल खोलेमा .. .. भनि सेक्युरिटी मजदुरको हकहित र अधिकारको जिम्मा लिएकोहरुबाट नै पटक पटक धम्क्याउने गरेको पाइयो ।
बिज्ञ र बिशेषज्ञहरुको नियुक्ति गर्ने हो भने सक्कली श्रमिकहरुको सुरक्षा र उचित व्यवस्थापन गरी बागवानीलाई संचालन गर्ने हो भने अझै नम्बर एक बन्न सक्छ । मज्जाले नाफा कमाउन सक्छ । स्वदेशी उत्पादनमा ठूलो टेवा पुग्नसक्छ अरु धेरैलाई प्रेरणाको श्रोतमात्र होईन जग नै बन्न सक्छ बागबानी कलेज नै बन्न सक्छ ।
र, जिर्ण सिर्णको अन्त हुनसक्छ, नैराश्यको लगानी वा बालुवामा पानी हालेजस्तो अल्छे उखानको अन्त्य हुनसक्छ ।
तिर्थब्रत जानुको सट्टामा उत्पादन गर्न सिकाउने बागबानी अवलोकन गर्नेहरुको भिड लाग्नसक्छ । सामान्य शूल्क लगाएपनि खुशीले तिर्नसक्छन् । सस्तो र स्तरीय नर्सरीले ठूलो बजार र उत्पादनमा हौसला पाउँने निश्चित छ ।
आयातमुखी आनी बानीलाई निर्यातमूखी बनाउँन उदाहरणीय भूमिका खेल्न सक्छ । तर, त्यसकालागि भजुमने राजनीतिक घोटालाबाजलाई शून्यमा झारेर बागबानी बिज्ञहरुको नियुक्ति हुनैपर्छ भन्छन् - अखिल नेपाल मजदुर संघमा आवद्ध श्रमिकहरु तथा उहाँहरुको नेतृत्व गरिरहेका नेताहरु । कति राम्रो सल्लाह र सुझाव दिन सक्तारहेछन् जीवन र जगत भोगेका, देखेका र बागवानीको बिकास र बिस्तारमा चिन्तित कृषि श्रमिक नेताहरु र उनीहरुका श्रमिकसाथीहरुले ।