हात देख्ने कि कविता नवारुण भट्टाचार्य मूल बाङ्ला से हिन्दी अनुबाद: मीता दास/ भावानुबाद: जय कार्की
म कविता मात्र लेख्छु
यसो भन्नु कुनै गतिलो कुरो होइन
यो कुरा सुनेर कैयन मानिसलाई हाँसो उठ्न सक्छ
तर मलाई हात हेर्न पनि आउँछ।
मैले हावाको हात हेरेको छु
हावा एक दिन आँधी बनेर
सबैभन्दा अग्ला अग्ला भवन (सत्ता)लाई भत्काउनेछ।
मैले भिख माग्ने बच्चाहरुको पनि हात हेरेको छु
ती मानिसहरुको दुःख आउने दिनमा घट्नेछ
यसरी सही सही भन्न कठिन छ
मैले बर्षातको पनि हात हेरेको छु
त्यसको मनोदशाको कुनै भरोसा हुँदैन
यसकारण तपाईंहरुले
घटिमा पनि एउटा छाता बोक्नुपर्छ।
सपनाको हात मैले हेरेको छु
यदि यसलाई पूरा गर्नुछ भने भत्काउनुपर्छ निद्रालाई
मैले प्रेमको पनि हात हेरेको छु
नचाहेर पनि यसले सबैलाई जकडिरहन्छ
बिद्रोहीहरुको हात हेर्नु बडो भाग्यको कुरा हो
एकै चोटी उनिहरुलाई कहिल्यै भेटिदैन
र धेरैको त हात बम पड्केर उछिट्टिएका हुन्छ्न ।
मैले राम्रोसित धनीहरुको पनि हात हेरेको छु
तिनीहरुको भबिश्य अन्धकारमय छ
मैले अति दुखित रातको पनि हात हेरेको छु
त्यसको भने उषाकाल नजिकै छ
मैले जति पनि कविता लेखें
त्योभन्दा धेरै हात हेरें
माया गरेर मेरो कुरा सुनेर नहाँस्नु होला
मैले मेरो हात पनि हेरेको छु
मेरो भबिष्य तपाईंहरुको हातमा छ ।
( हात देख्ने कि कविता नवारुण भट्टाचार्य
मूल बाङ्ला से हिन्दी अनुबाद: मीता दास)
- भावानुबाद: जय कार्की
असार १२ गते २०८३ साल
जोरपाटी काठमाडौं