सलाम दौँतरी 2
शुभ सन्देश तिमिलाई दौँतरी
सलाम छ दौँतरी ।
कुरा यो नबुझी जीवन फेरिन्छ कसरी?
चिन्नु न जान्नु घचेड़ी माग्नु
भो भो यो कुरो मन परेन।।2
भाग्यमा छ भंदैमा डोकोमा दूध अडिदैन
जाली झेली तर्कले जीवन र जगत चल्दैन
हिम गिरी ।।2
झुक्याऊने यो कुरै नग र ।
हिम गिरी ।।2
फोस्रो गफ नगरी आत्मनिर्भर ब न
पढ़ीलेखी देशको उच्च मान रा ख
लहडमा शिखर नाप्ने होई न
यथार्थमा टेकि पाइला चा ल
हिम गिरी ।।2
बुद्धि र बिबेकको बिरुवा सबैतिर उमा र
हिम गिरी ।।2
चियो चर्चो गर्ने छैन मेरो बानी
सोझो मान्छे म
भन्छु केहि नढाटी
आग्रह मेरो मान्ने कि नमान्ने ?
साधा जीवन उच्च बिचार रोज्ने कि नरोज्ने ?
जनवादी गीत

आयो आयो जनतामाझ आयो
लाल झन्डा बोकी आयो नेपाली कम्युनिस्ट पार्टी
यो हो श्रमजीविबर्गको असली बर्गिय साथी
चम्किलो तारामा मतदान गरौँ हामी सबै मिलिजुली
छप्प छप्प छप्प
छप्प छप्प छप्प
तारामा मतदान गरौँ छप्प छप्प छप्प ।
जुटेका छौँ सारा कम्युनिस्ट हामी
भत्काएका छौँ छोइछिटोको सबै पर्खाल पनि
नदी र सागर सबै मिलाई सललल बग्दैछौँ मूल प्रवाह बनि
खाएका छौँ कसम समाजबादको बनाउछौ सबैलाई सुखी नेपाली
गर्छौं मतदान तारामा
छप्प छप्प छप्प
छप्प छप्प छप्प भोट हाम्रो चम्किलो तारामा
नबिकौ अब क्षणिक लोभ र मासुभातेको भोजमा
हालौ भोट काम गर्ने दीर्घकालीन लक्ष्य बोकेको पार्टीमा
भो भो भुलभुलैयामा अब पर्नुहुन्न सबै जुट्नुपर्छ जन-जागरणमा
जनताको आँसु पुछ्ने नेपाली कम्युनिस्ट पार्टीलाई पुर्याउनु पर्छ सत्तामा
छप्प छप्प छप्प छाप हाल्छौ भोट चम्किलो तारामा
छ्प्प छप्प छप्प गर्छौं मतदान चम्किलो तारामा ।
रंगि बिरङी दायाँ- बायाँ बसेका खुरापातीहरुलाई धुलो चटाउनुपर्छ ।
नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हमा भोट सबैले हाल्नुपर्छ ।
छप्प छप्प छप्प चम्किलो तारामा हाल्नुपर्छ हाम्रो भोट
जनबैरीलाई ढाल्नै पर्छपर्छ तारामा भोट हालेर दिनुपर्छ चोट ।
छप्प छप्प छप्प चम्किलो तारामा हाल्नुपर्छ भोट
छप्प छप्प हाल्नु पर्छ तारामा भोट
नयाँ बिकास र निर्माण गर्ने जनताको आसुपुछ्ने गरेको छ
नेपाली कम्युनिस्ट पार्टीले महान अठोट
छ्प्प छ्प्प छ्प्प तारा चिन्हमा हामी सबैको भोट
छ्प्प छ्प्प छ्प्प
छ्प्प छप्प छप्प तारामा हाम्रो भोट ।