२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

एउटा युग पुरुषको पर्खाइमा

बिहिवार , माघ १७, २०७५

सिङ्गै एक शताब्दी कालो युगपछि उघ्रिएको यो पापी आँखाले रहरे कार्ल मार्क्स, रहरे लेनिन, रहरे चे गे भेरा देखे पछि लछप्रै अवसरवादी गान्धीहरुलाई, मलाई भन्न मन लागेको छ मार्क्सवादी रहर हजुर मार्क्सवादी रहर। छ्या.. काटिएका युजलेस निकम्मा त्यो बुढा चिया बोटलाई छिलछाल गरेर ताछतुछ पारि छिमलेर रङ्गसङ दलेर जरायोको टाउको हो भन्दै माटाको घरभित्र सजाऊनलाई राखेको डुप्लिकेट स्वाङे रहर जस्तो काहाँ हुन्छ र हजुर ? यो मार्क्सवादी शब्द ? मार्क्सवाद त मार्क्सवाद नै हो जो कार्ल मार्क्सलाई मात्रै थाहा छ हजुरको चाह त खै ? मार्क्सवादी हुन कि अवसरवादी हुन् कि धनको आदि ? जो हजुरको मनलाई मात्रै थाहा छ केरे ? लेनिनवाद ! के को लेनिन ! को लेनिन ! अनि काहाँको लेलिनवाद हजुर ? हैट नगर्नुस् यस्तो झ्याउ लाग्नेहरु कुराहरु बरु चिया श्रमिकहरुको दैनिक रोजको कुरा गर्नुस् बेरोजगारी युवाहरुको दुर्दशाहरुको प्रमोसन र डिमोशनको कुराहरु गर्नुस् फस्ट प्लकको कुराहरु गर्नुस् सेकेन्ड प्लकको कुराहरु गर्नुस् बन्द भएको कमानहरुको कुरा गर्नुस् चुडिएर गईसकेको कुल्ली रहरहरुको कुराहरु गर्नुस् आँगुनमा पनि समयमै मिल्छ या मिल्दैन पर्वको अवसरमा कैले नमिल्ने त्यो बोनसको कुराहरु गर्नुस् पहाडमा पनि अछुतो छैनन् ऐ हजुर ! तल्लो र माथिल्लो तहको दर्जामा पहाडमा पनि हुने गर्दछन् ऐ ! हजुर तल्लो र माथिल्लो गाउँको अबस्था र ब्यवस्था तल्लो घरे हर्कमानलाई हकारेर रिस पोखाए झै वल्लो घरको सुकमनेलाई लखेटेर धाक जमाए झै क्रान्तिकारी चे गे भेरा बन्छु भन्दैमा काहाँ हुन्छन् र हजुर ? दशकसम्मलाई आफ्नै जातिलाई लुट्ने नादिर शाह कसरी हुन्छन  चे गे भेरा ? हजुरलाई यस्तो कुराहरुले पटक्कै फाप्दैन बरु नोटमा भएको हेड एण्ड टेल झै पछिल्लोपट्टि अहिंसावादी गान्धीवादको कुरा गर्नुस सिधै अघिल्लो तिरको अशोकको हँसिलो अनुहारको कुराहरुलाई लुकाएर सिल्टेक्सभित्र राख्नुस् हाक्काहाक्कि यस्ले मात्र फाप्छ हजुरलाई त्यसै पनि त जर्मन, फ्रान्स फ्लोरिडातिर हजुर नेतृत्वहरुको नै फ्लाइट ,होटेलहरु र बढेबढे व्यावसायहरु फस्टाएको छ भन्ने कुराहरु गाईगुई सुन्ने गरिन्छ कहिलेकाही त्यसैले सिङ्गै एक शताब्दी कालो युगपछि चिर निन्द्राबाट बौरिएर भन्न मन लाग्छ आमा ? हजुर त केवल माध्यम मात्रै हुनु हुन्छ यहाँ तर युगले जन्माउँछन् एउटा युग पुरुष र हामी निमुखाहरु एउटा त्यहीँ युगको पर्खाइमा छौँ । -दार्जिलिङ