२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

भाषा र भानुभक्त एक अनुशीलन- प्रा. चुडानाथ भट्टराय

शनिवार , आषाढ ३०, २०८०

(भानुभक्त विशेषाङ्क बि.सं. २०२८ बाट)
..........................................................................
आजको समयमा एउटा कुरोले मलाई सारै अनौठो लाग्छ । सबै भानुभक्तको मूल्याँकन गर्दा त्यस बेला उनले पनि लेखिदिएकोले उनको महिमा भएको भनी भन्दछन् । उनलाई कालले सापेक्ष पारेर मूल्याँकन गर्दा मेरो मनमा अलि असजिलो लाग्छ यस परिपाटीसित । म भन्छु भानुभक्तको रामायण नेपालीको आदि महाकाव्य हो । त्यसो भएपछि रससिद्ध काव्य कदापि असामयिक हुँदैन र त्यसको जति पछि पनि उही नै महार्थता रहन्छ ।
मैले यसलाई कोरा अनुदित काव्य मानेको छैन । यसलाई आफ्नो पाराबाट हेरेको छु । उनले नेपाली लाई चाहिने कुरा जति राखेका छन् र आफ्नै पाराबाट हेरेको छु । उनले नेपालीलाई चाहिने कुरा जति राखेका छन् र आफ्नो संस्कृति अनुसार राखेका छन् । नचाहिने स्तुतिपरक अध्यात्मको गन्धलाई पनि त्यति स्थान दिएका छैनन् । वाल्मिकीका पुरुषोतम राम भन्दा र अध्यात्म रामायणमा लेखिएका राम भन्दा पनि अनौठो खालको नेपाली राष्ट्रलाई सुहाउने राजा राम याहाँका चरित्र नायक छन् ।
सीताको आदर्श नारीको सतित्वको गाथा बनेको पाइन्छ । यहाँ अनुवादमा के कति विशेष छ कति अक्षर छ र कति आफ्नोपन छ यो बडो केलाएर मीमांसा गर्न बाँकी छ ।
अब, रह्यो यो रामायण आजको लागि कति उपादेय छ भन्ने विषयको चर्चा । तर आज पनि यसको उपादेयता त्यत्तिक्कै छ, त्यसमा एक कौडी पनि घटेको छैन भन्ने मेरो विचार छ । हो, कवितामा रहनु पर्ने पहिले गुण के हो भनी बुझ्नु पर्यो । अनि यसको विवेचना गर्नुपर्यो । पहिले काव्य लक्षण गर्दा यसलाई काव्य मान्नुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्ने साहस कसैको छ कि छैन । मलाई लाग्छ कोही पनि यस्ता मान्छे भेटिदैनन् जो भानुभक्त रामायणमाथि काव्यात्मक प्रश्न चिन्ह खडा गरुन् । अब रह्यो शाश्वत साहित्य रससिद्धिले नगराउँने भए रसको लक्षण गर्दा “अनाकारण चिदेव रस” भन्नै मिलेन । संस्कृत साहित्यका परवर्ती कविहरु वाल्मीकी रामायणको अक्षुण्ण महत्व स्वीकारे । तुलसीको मानस रामायणको महानता कायम नै छ । भानुभक्त रामायणलाई भने उस बेला यति लेखे भनी जसले भन्न खोज्छ उस्ले नेपाली साहित्यकै अपमान गर्न खोजेको मलाई लाग्छ ।
भानुभक्तको रामायण नेपाली साहित्यको आफ्नैपनको एक शाश्वत आदि महाकाव्य हो ।
.
पेज नम्बर १२९
भानुभक्त विशेषाङ्क बर्ष– आठ, किरण– १६ असोज २०२८ साल
भानु प्रकाशन
डिल्लीबजार, काठमाण्डौ
प्रधान सम्पादक– भवानीप्रसाद घिमिरे