२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

सम्पादकीय: रुपान्तरणको जंघार पहिला आफैले तरेर देखाउँ!

आइतवार , भाद्र २४, २०८०

पार्टी केन्द्र र प्रचण्ड सरकारले निर्मम ढंगले रुपान्तरणको गहकिलो र विश्वनीय कदम चालिसक्यो ।अब मातहतका समितिहरुको र त्यससंग जोडिएको नेतृत्वको काँधमा सरेको छ । पार्टी केन्द्र र सरकारलाई दोष दिने बाटो बन्द हुँदै गएको छ ।
.........
नेकपा माओवादी सँधासर्बदा जनतासितै छ । जनताले कहिले धेरै माया गर्छन् ,कहिले अलि कम गर्छन् । त्यो नियम वा अवस्था भोगेका छन् धेरै पार्टीहरुमा लागू भएको देखिएको छ ।
नेकपा माओवादी केन्द्रले सँधै जनतालाई माया गरेको छ , उनीहरुकै भरोसा गरेको छ ।
पार्टीको भविश्य झन्झन् उज्जल छ, जसरी नेपाली जनताको छ । हो, कुनै बेला माओवादी जंगलमा पनि थियो तर घाँस काटेर बसेको थिएन निरंकुश सत्ता परिवर्तनको लागि झन् बिशाल फाँट ओगटेर राजनीति गरिरहेको थियो ।
त्यो समयमा पनि शहर, बजार, गाउँघर जताततै माओवादीमय नै थियो । बर्तमानमा भने कैयौं बर्षदेखी सरकारको महत्वपूर्ण हिस्सा हुँदै आएको छ । झन् अहिले त सिंहदरबारमा पनि छ, संसदमा पनि छ प्रदेशहरुमा पनि सत्तासिन छ, स्थानीय सरकारमा पनि सत्तासिन छ । र, सफल पनि छ ।
सबै प्रकारका प्रतिकृयावादी, सामन्त, दलाल, भ्रष्टचारी, लुटेरा, तस्करहरुको सातो खाइरहेको छ । आफ्नो पार्टीभित्रको भ्रष्ट, तस्कर, बिचौलिया, दलालहरुलाई पनि निर्धक्क भएर कठघराभित्र कोचिरहेको छ ।
पार्टी केन्द्र र प्रचण्ड सरकारले निर्मम ढंगले रुपान्तरणको गहकिलो र विश्वनीय कदम चालिसक्यो ।अब मातहतका समितिहरुको र त्यससंग जोडिएको नेतृत्वको काँधमा सरेको छ । पार्टी केन्द्र र सरकारलाई दोष दिने बाटो बन्द हुँदै गएको छ ।
जनताको पक्षमा हालसम्मको इतिहासमै रिकर्ड राख्ने गरी काम गरिरहेको छ । तर नेकपा माओवादीप्रति नकारात्मक र गलत भाश्यको प्रयोग नगरुम । जे छ त्यही गर्न, भन्न सकौं र सिकाउँ तर आधारहीन आरोप लगाउँन बन्द गरौं; जड्सूत्रीय रुपको र सारको पहिला आफैले परिमार्जन गरौं । अनि रुपान्तरण गर्न सकिन्छ समाजलाई ।
रुपान्तरण अरुलाई गर्नुभन्दा अघि आफै रुपान्तरित हौं। त्यसकालागि आफूभित्रको कम्जोर अहितकारी चरित्रलाई खत्तम गरौं । तीन महिनापछि जनतालाई मात्र परिवर्तन गर्ने आफै पनि उच्च रुपान्तरित स्थानमा पुग्नुपर्दछ ।
अरुलाई जंघार तर नभनौ त्यस्को अगुवाई आफैले गरौं अनि मन र विश्वास जित्न सकिन्छ । आफू डिलमा उभिएर तैंले जंघार तर्नैपर्छ भन्दा के पत्याउँथे ।