२०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते

कोलम्बियाका सुबिख्यात मुर्तिकार तथा चित्रकार फर्नाण्डो बोटेरोको चर्चित पेन्टिङहरु-जय कार्की

शनिवार , आश्विन ६, २०८०

कोलम्बियाका सुबिख्यात मुर्तिकार तथा चित्रकार फर्नाण्डो बोटेरोको चर्चित पेन्टिङहरु फर्नान्डो बोटेरो कोलम्बियाको चर्चित मुर्तिकार तथा चित्रकार हुनुहुन्थ्यो । उहाँलाई ल्याटिन अमेरिकाको विश्व प्रशिद्ध चित्रकार पाब्लो पिकासोसित तुलना गरिन्छ , सम्मान गरिन्छ। उहाँको मुर्तिकला तथा चित्रकला नितान्त फरक  शैलीको पाइन्छ । किनकी हरेक चित्रकारले आफ्नो मुर्तिकला तथा चित्रकलालाई शुुन्दर पार्न फुर्तिला र चिटिक्क पारेर प्रस्तुत गर्दछन् । तर बोटेरो भने हट्टाकट्टा, मोटाघाटा भएको परिकल्पना गरेर रचना गर्दछन् । रमाईला छन्, अनौठा छन् र आश्चर्यका छन् उहाँका कलाकृतिहरु । हृष्ट पुष्टका छन् , डम्म परेका छन्, जिउडाल खाईलाग्दा परेका छन् । सहजताभन्दा अलि भिन्न छन् । बोसो लागेर शरीरको आकार प्रकारमा भद्दापन पनि देखिएको छ । तर पनि आकर्षक लाग्छ । लाफिङ बुद्धको झझल्को दिने खालका छन् । मनलाई तानिरहन सफल  छन्। उहाँका कला– मुर्तिकला निक्कै थसुल्ले छन् । परिकल्पना विविधताले भरिपूर्ण रहेको छ । फर्नाण्डो बोटेरोको जन्म १९ अप्रिल १९३२ मा भएको थियो भने ९१ बर्षको उमेरमा यही १५ सेप्टेम्बर २०२३ मा केही दिन अघि देवाहसन भएको छ । उहाँप्रति श्रद्धान्जलिकासाथ उहाँको केही अमूल्य मुर्तिकला र चित्रकला प्रस्तुत गरेका छौं ।