२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

विश्व साहित्यका महान उपन्यासकार गाब्रियल गार्सिया मार्केजको विचार

सोमवार , भाद्र ३, २०८१

अन्तिम भाग:   मार्केजको विचार मार्केजले फ्रागरेन्स अफ गाभा नामक कृतिमा साथीसितको सम्वादका क्रममा आफ्नो आत्मावृतान्तमा साथीलाइ भनेका छन् सो आधारमा उनले भनेका छन् यी विषयहरु महत्वपूर्ण छन् । कथा नो वान राइट्स टु कर्नेल मा कहिल्यै पेन्सनको अभिलेखमा नचढेको तर संधै पेन्सनको प्रतिक्षामा वांचिरहेको पुर्व कर्नेलको विषयमा लेखिएको छ छोराछोरीका विषयमा- मेरा वालवच्चाहरुसितको सवन्ध आश्चर्यजनकले राम्रो रह्यो र त्यसैगरी मेरा साथीहरुसित पनि । यसतो क्षणहरु आएका थिए त्यतिखेर थकित थिएं, गलित थिएं दिक्दारी र ब्यस्त थिएं । शुरुदेखि नै मैले मेरा वालवच्चाहरुको लागि संधै समय  निकाल्थे उनिहरुसित वस्ने उनिहरुसित कुराकानी गर्ने समय । जव हाम्रो छोराछोरीले थाहा पाउने भए हामीले घरको समश्याहरुमाथि मिलिजुली कुराकानी ग¥यौं । हामी चार जनाले हरेक चिज मिलेरै जुटाएका हौं । म यसकारण गर्दिन कि म कुनै सिष्टमको अनुसरण गरिराखेको छु या यसकारणले कि मलाई यसो गर्नु उत्तम लाग्छ । कारण यो हो कि शुरु देखि नै जव मेरा नानीहरु हुर्किदै थिए । मलाई के ज्ञान भयो भने मेरो अन्तरात्मामा पितृत्वको लागि मभित्र रुची छ । पिता हुनुमा मलाई आनन्द आउँछ । मेरो जीवनको सवैभन्दा उत्तेजनापूर्ण अनुभव भएको छ । र, म वास्तवमा यो संझन्छु कि  मेरा नानीहरु मेरो किताबहरुभन्दा मेरो सवैभन्दा महान उपलब्धि हुन । उनिहरु हाम्रा साथीहरु जस्ता छन् तर यसता साथीहरु जसलाई आफैले पाली पोषी गरेका छौं । आमाको विषयमा- मेरो आमासित मेरो सम्वन्ध सवैभन्दा विशेष शिशु अवस्थादेखि नै गंभीर प्रकृतिको रह्यो । संभवतः उनि मेरो जीवनको सवैभन्दा गंभीर सम्वन्ध हो । मलाई थाहा छ एउटा पनि यसतो कुरा छैन जुन हामीले एक अर्कालाई नभनिएको होस । यसतो कुनै विषय छैन जसमा हामीले कुराकानी गर्न नसकेको तर हाम्रो निकटता संधै नै एउटा पेशेवर औपचारिकता जस्तो रह्यो । न कि अन्तरंगताको । यस विषयमा भन्न कठिन छ । तर कुरा यस्तै हो । शायद यसतो यसकारण पनि थियो कि जव म मेरो माता पितासित बस्न गएको थिएं । त्यतिखेरसम्म मेरा विषयमा म सोच्न सक्ने भैसकेको थिएं । उनिहरुका लागि म आउनुको अर्थ अरु बच्चाहरु मध्ये एउटा अर्को थपियो जसतो लागेको हुनुपर्छ । जो सित घरायसी समश्या समाधानको लागि कुराकानी गर्न सकिन्छ र सहायता गर्छ । उनिहरुको जीवन कठिन र पुरस्कारविहीन (प्रशंसाहीन) थियो । कैयौं पटक भीषण गरिबीमा परेको थियो । यसभन्दा वाहेक हामी एउटै छतको मुनि लामो समयसम्म वस्न पाएनौ किनकि जव म १२ वर्षको भैसकेको थिएं पढ्नको लागि म पहिला बारानिका र पछि विद्यालयको छुटटीहरुको समयमा र त्यसपछि कार्टाजेना जाने गर्छु । त्यो पनि वर्ष दिनमा एकपटक भन्दा वढि कहिल्यै होइन । कहिले कहीं दुई हप्ताभन्दा वढि होइन । यसैकारणले हाम्रो सम्वन्ध टाढैको रहन गयो । यसले एउटा विशेष औपचारिकताको निर्माण पनि ग¥यो जसको कारणले हामी एक अर्कासित तव खुलस्त हुन पाउथ्यौं जब गंभीर हुन्थ्यौं । तर गएको १२ वर्षदेखि जव मसंग साधन छ । हरेक आईतवार एउटै समयमा म उहांलाई फोन गर्छु । चाहे संसारको जुनसुकै कुनामा भएपनि । निकै कम पटक मैले यसो गर्न पाइन । त्यो प्राविधिक खराबीको कारणले भएको थियो । यसतो हैन कि म असल पुत्र हुं भनिन्छ म अरुभन्दा असल हैन तर म यसकारण यसो गर्छु कि मैले संधै सोचेको छु आइतवारका दिन फोन गर्नु हाम्रो सम्वन्धको गंभीरताको हिस्सा हो । पिताको सम्बन्धमा- महान उपन्यासकार गाब्रियल गार्सिया मार्केज जब म ३३ वर्षको भएको थिएं त्यतिखेर मलाई अचानक आभास भयो । मेरा पिताजी पनि यति नै वर्षका थिए । जब मैले आफ्ना हजुरबा हजुरआमाको घरमा पहिलो पटक देखेको थिएं । मलाई राम्ररी संझना छ त्यो दिन उनको जन्म दिन परेको थियो कसैले उहाँलाई भन्यो अव तपाईको उमेर इसामसिहको जत्ति नै भयो । सेतो ड्रिल सुट स्ट्र बोटर पहिरिएर बुद्धिमानी एवं मिजासिला ब्यक्ति देखिएका थिए । ३० को दशकको एउटा आदर्श क्यारेबियाई जेन्टलम्यान । मजाको कुरा त यो छ कि ऐले उहाँ ८० वर्षको हुनु भयो तर पनि राम्रो अवस्थामा हुनुहन्छ । म ऐले पनि उहाँलाई म त्यसरी हेरिरहेको छु ऐले जे अवस्थामा हुनुहुन्छ । मलाई त संधै त्यस्तै देखिनु हुन्छ जव मैले पहिलो पटक मेरो मावली हजुरबाको घरमा देखेको थिएं । भरखरै उहाँले आप्mनो एउटा साथीलाई भन्नु भएछ मलाई के लाग्छ भने शायद ती कुखुराहरु मध्ये एक हो जो कुनै कुखुराको मद्दत विना जन्मेको हुनुपर्छ । यो कुरा ठट्टामा भन्नु भएको थियो । उहाँको यो परिष्कृत ह्युमर शायद अलिकति उट्पटयांग कुराले भरिएको थियो । किनकि म संधै मेरो आमासित आफ्नो सम्वन्धको विषयमा कुरा गर्छु उहाँसित भने कहिले कहिं । त्यो सही पनि हो । तर म उहाँको वारेमा यसकारण कुरा गर्दैन थिएं कि वास्तवमा म उहाँलाई चिन्दिन थिएं । कमसेकम त्यति होइन जति आमालाई चिन्दछु । अव म यतिखेर आएर यसो भएको छ जव हामी दुवै एकै उमेरका भएका छौं र ( म बेला मौकामा उहाँलाई भन्थे पनि) हामीहरुको वीचमा एउटा शान्त समझदारीको विन्दु आईपुगेको छ । म यसवारेमा भन्न सक्छु जब म आठ वर्षको भएपछि मेरा माता पितासित बस्न गएको थिएं । मभित्र पहिलेवाटै पिताको एउटा वलियो छवि बनिसकेको थियो । मेरो पिताजी मेरो हजुरबाको उल्टो हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व अधिकारको विषयमा उहाँको विचार र बालवच्चाहरुको हरुसितकोे सम्वन्ध सवै एकदम फरक थियो । यो एकदम सहज हो कि उमेरमा अचानक आएको परिवर्तनवाट निकै प्रभावित भएं । र, यसैकारण किसोरावस्थासम्म मलाई आफ्नो सम्वन्ध उहाँसित निकै कठिन लागेको हुन सक्छ । खासमा गल्ती मेरो थियो । उहाँसित मैले कस्तो ब्यवहार गर्नु पथ्र्यो । उहाँलाई कसरी खुशी पार्ने उहांको कठोर स्वभावलाई मैले गल्तीले समझदारीको कमी भएको लागेको थियो । यसो भएता पनि मेरो विचारमा हामीले यो सम्वन्धलाई सहज ढंगले पूरा ग¥यौं । किनकि हामीवीच कहिल्यै कुनै गंभीर झगडा भएन । अर्को पाटो, साहित्यप्रति मेरा रुचीको लागि म निकै हदसम्म उहाँप्रति आभारी छु युवास्थामा उहाँ पनि कविता लेख्नु हुन्थ्यो र संधै लुकीछिपी होइन । र, आराकाटाकामा टेलिग्राफ अपरेटर हुनुहुन्थ्यो । उहाँ भायोलिन वजाउनु हुन्थ्यो । उहांलाई संधै साहित्य मन पथ्र्यो र उहाँ राम्रो पाठक हुनुहुन्थ्यो । जव हामी उहाँको घरमा जान्थ्यौ कहिल्यै पनि उहाँ काहाँ हुनुहुन्छ भनेर सोध्नु परेन हामीलाई थाहा हुन्थ्या,े उहाँ आप्mनो शयनकक्षमा कुनै किताव पढिरहेको हुनुपर्छ । सम्पादक तथा स्तम्भकार जय कार्की कम्युनिष्टअनलाईन मित्रहरुको विषयमा मेरा केही मित्रहरु वाटैमा छुटे तर केही सवभन्दा महत्वका थिए अनेकौं उतार चढाउका वावजुद पनि यद्यपि हुनुहुन्छ । यो कुनै दुर्र्घटना होइन । जिन्दगीभरी मैले साथीहरुको रेखदेख गरिरहें । जस्तो कि कैयौं साक्षात्कारमा मैले भने उनिहरु मेरो व्यक्तित्वको हिस्सा हुन । मैले कुरालाई कहिले पनि विर्सेको छैन कि आराकाटाको एउटा टेलिग्राफ अपरेटरको १६ वटा सन्तान मध्येको म ए एक हूं त्यसभन्दा वाहेक म केही होइन । गएको १५ वर्षदेखि जब सम्मान कुनै थाहै नदिई नचाहांदा नचाहंदै हात लाग्यो । त्यसपछि मेरा लागि सवभन्दा मुस्किल काम मेरा व्यक्तिगत जिन्दगीलाई जोगाई राख्न कठिन हुन गएको छ । २०७१ साल बैशाख २५ गते ललितपुर