२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

कविता: तिमीले माया गर्यौ, यसकारण मैले पनि तिमीलाई माया गरें-कवि वाल्ट ह्विट्म्यान

आइतवार , मंसिर २, २०८१

वाल्ट ह्विट्म्यान (सन १८१९-१८९२) अमेरिकाको महान कवि हुन् । ” घाँसका पातहरू”  एक मात्र कविता संग्रह हो। ह्विट्म्यानलाई विश्व कवितामा स्वतन्त्र पदको पहिलो प्रयोगकर्ता मानिन्छ। उहाँ मानव समतावादी र विश्व लोकतन्त्रका समर्थक हुनुहुन्छ। 

वाल्ट ह्विट्म्यानको कविताः 


तिमीले माया गर्यौ, यसकारण मैले पनि तिमीलाई माया गरें । 
म शरीरको कवि अनि   आत्माको कवि
स्वर्गको सुख मसित छ र नर्कको पींडाहरु मसित छ,
सुख म बुन्दछु र दुःख म हुर्काउँछु,
दुःखलाई म नयाँ भाषामा रुपान्तरण गर्दछु

म त्यति नै महिलावादी कवि हुँ जतिकि पुरुषको 
र भन्छु– महिला हुनु पुरुष हुनु जत्तिकै गरिमामय हो ।
 म भन्छु– मानिसकोलागि आमा हुनु जत्तिको ठूलो अरु केही छैन
म समृद्धि र गौरवको गीत गाउँछु
अति भयो बचाउनुस बचाउनुस
म देखउन चहान्छु आकार केबल परिवर्तन हो ।
तिमी के अरुभदा अघि बढेकै हौ? राष्ट्रपति हौ कि कसो?
यो सामान्य कुरा हो, सब आइरन्छन्,  गैरहन्छन् 
म त्यही हुँ जो नाजुक र छिप्पिदै गएको रातहरुसंगै हिड्छु
रातको शिथिल अंगालो र आवेगमा धरती र समुद्रलाई बोलाउँछु

अलि  नजिक आउ, ए खुला छाति भएको रात – 
अझ नजिक आउ जिजीविषा बढाउने चुम्बकीय रात ।
अहिलेसम्म जागेको रात– ए नाङ्गो पागल गर्मीको रात।
दक्षिण हावा चलेको रात–अलिकति ठूला ताराहरुको रात 

ए चिसो सास भएकी विशाल धरती मुस्कुराउ!
उँघ्दै र पग्लिदै गरेको जंगल भएको धरती! 
सूर्यास्त भएको धरती–कुहिरोले ढाकेको पहाडी सिखरभएको धरती!
सिसाजस्तै चम्किने हलुका नीलो पूर्णिमाको प्रकाशमय धरती!
नदीको ज्वारको उज्यालो र छायाँ भएकी धरती !

मेरोलागि मस्त उज्यालो भएका छन र उठेका छन्
धमिलो बादलहरु भएको धरती!
सुदूरलाई आलिङ्गनमा लिने धरती
फूलेका स्याउको गाढा वासना भएको धरती

मुस्कुराउ है तिम्रो मायालु आए
ए अपूरणीय दानी!
तिमीले मलाई माया गर्यौ–यसकारण म पनि तिमीलाई माया गर्छु
ओ अव्यक्त अगाध माया!
अंग्रेजीबाट लाल्टुले अनुवाद गरेका हुन् धन्यवाद।

................................
भावानुवादः जय कार्की
कार्तिक १२ गते २०८१ साल काठमाण्डौ

भावानुवादः जय कार्की, communistonline.com अंग्रेजीबाट लाल्टुले अनुवाद गरेका हुन् धन्यवाद। कार्तिक १२ गते २०८१ साल काठमाण्डौ