फासीवाद जब आउनेछ- टेरी एह्रेट, भावानुबाद - जय कार्की
जब फासीबाद आउनेछ
त्यस्ले ढोका भत्काउने छैन,
मुस्कुराउदैभित्र प्रबेश गर्नेछ-
घुडा टेकेर झुक्नेछ,
जयजयकार गाउनेछ
र तिम्रो भगवानलाई
तिम्रै बिरुद्ध भड्काउने छ।
त्यस्ले जुलुस र सभाहरु गर्दा बजारबाद्को भजन गाउने छ-
सडकका पसलदेखी लिएर
सिसाका अट्टालिकाहरुसम्म,
हरेक ठाउँमा उसको नाम हुनेछ ।
उस्ले दर्शकदीर्घाबाट ताली बजाउनेछ
यस्ले बिमा नगरिएका गरिब मानिस, उपचार नपाएका बिरामीलाई
सडकमा फालिदिनेछ ।
उस्ले आफ्नो नायकहरुको सालिक बनाउनेछ
र उनिहरुको लागि आँसु झार्नेछ,
उनिहरुको ढुंगाको गोडामा फूल चढाउनेछ
ग्रेनाइटको भित्तामा कुदेको नामहरुलाई यसो औंलाले स्पर्श गर्नेछ,
र सिपाहीहरुलाई मर्नको लागि पठाई रहनेछ
पहाडहरुमा, मरुभूमिहरुमा ।
उस्ले परेवाहरुलाई पठाउने छ
शत्रुहरुको आँखा फुटाउनलाई ,
किनकी उसित अब जगेडा चिलहरु छैनन् ।
जब फासीबाद आउनेछ
सत्ताको बरन्डामा बिराज भई चिया पिउनेछ,
र सडकभरी बिष बान्ता गर्ने छ।
मस्जिद, गिर्जाघर, मन्दिरको बिच
उस्ले त्रासको पर्खाल उभ्याई दिनेछ-
"जाग, दुश्मन तिम्रो वरिपरि नै छ
त्यसले लगाएको लुगाको आधारमा चिन"
उस्ले शब्दको नयाँ भण्डार उमार्नेछ-
निगमीकरण, निजीकरण,
र घृणाको नीति बनाउनेछ ।
रेडियोमा उसैको हुन्कार हुनेछ,
स्क्रिनमा उसैको अनुहार ,
र भाषाले -
बिस्तारै बिस्तारै आफ्नो अर्थ गुमाउने छ
उसित बनिबनाउ बयान हुनेछ,
एक फेसबुक पेज हुनेछ,
र साथमा ठूला आडम्बरी शब्दहरू या कठोर ध्वनिको
अनगिन्ति घृणा हुनेछ ।
उस्ले पढ्ने बुझ्ने कोशिश गर्दैन
बिश्वबिद्धालयलाई खतरा भन्दै
उस्ले सारा किताबहरुलाई धुजाधुजा पार्नेछ
उसले त्यसलाई जलाउने छैन,
तर त्यस्ले गएगुज्रेको भन्ने छ र उपयोहीन बनाई दिन्छ ।
उस्ले शिक्षकहरुलाई कठ्घरामा उभ्याउनेछ
युनियनहरुलाई गैरकानुनी घोषित गर्नेछ
मूढतालाई नाम दिनेछ राष्ट्रभक्तिको।
फासीबाद जब आउनेछ
त्यो आकर्षक देखिनेछ ।
त्यस्को घना कपाल हुनेछ, ईस्त्री लगाएको सूट
उसले सबै च्यानलहरुमा नियन्त्रण गर्नेछ ।
त्यो सर्बोच्च अदालतमा घुस्नेछ
र कानूनको भाषामा अन्याय लेख्नेछ
त्यस्ले त्रास देखाई फस्ल्याङ फुस्लुङ पार्नेछ
त्यस्ले हामीलाई मीठा आश्वासन दिई रनभुल्लमा पार्नेछ ।
फासीबाद जब आउने छ,
उसले शेयरबजारमा आफ्नो कब्जा जमाउनेछ
त्यो धनड्य बन्नेछ अनि झन महाधनाड्य
त्यसपछि कर तिर्न बन्द गर्नेछ ।
त्यसले तपाईंहरुलाई धुलोमा फाल्नेछ
कुल्चिएर मारियुनको पर्खाईमा ।
तिमीहरुलाई अब फेरि पनि मूर्ख बनाउन
त्यसले पसिना पनि बगाउनु पर्नेछैन ।
तिमीहरु "त्यस्को असफल हुने" प्रतिक्षा गर्नेछौ
र यति सहजै हुनेवाला छैन ।
त्यस्ले तिमीहरुलाई हराउने छ
नलडिकन हराउनेछ
र तिमीहरुले थाहै पाउने छैनौ
तिमीले हारिसकेका हुनेछौ
फेरि एकपटक ।
फासिबाद जब आउनेछ,
त्यो हाम्रो निशब्द, उदासीनता र
आत्मतुष्टीको हावाहरुको बुई चढेर आउने छ ।
र त्यो दिन, कविहरु भेला हुनेछन्
किताब पसलमा, पुस्तकालयमा , बारहरुमा र कफि शपहरुमा-
तिनीहरु भेला हुनेछन्
रुदै, हास्तै, चिच्याउदै।
उनिहरुले मानिसहरूको उदास संगीतलाई
शब्दको सानो सानो टुक्राहरुमा पट्याउने छन
र त्यस्लाई प्रार्थनालाई जसरी
जीवन बृक्षमा टागिदिनेछन ।
अमेरिकी कवि टेरी एह्रेट
अमेरिकी कवि टेरी एह्रेट (Teri Ehret) यो कविता २३ सेप्टेम्बर २०११ मा Santa Rosa , क्यालिफोर्नियामा " 100 Thousand पोएट्स For Change " को लागि रच्नु भएको थियोे । टेरी एह्रेटको चार कविता संग्रह प्रकाशित छन -लास्ट बडि, ट्रान्स्लेशन्स फ्रम द ह्युमन ल्यांगवेज , लकी ब्रेक र नाइट स्काई जर्नी ।
कवयत्रीले नेशनल पोयट्री सीरिज, क्यालिफोर्निया बुक अवार्ड तथा पाब्लो नेरुदा प्राइज सहित कैयन सम्मान प्राप्त गर्नु भएको छ । सन २००४ देखि २००६ सम्म उनले सोनोम काउन्टी क्यालिफोर्नियाको Poet लाउरियट समेत रहनु भएको थियो ।
साभार : यो कविता राजेशचन्द्रले हिन्दिमा भावानुबाद गर्नु भएको थियो । यो त्यसैबाट नेपालीमा भावानुबाद गरिएको हो ।धन्यवाद pahaleebarblogsspot.com
५ अप्रिल २०२६.