२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

कविताः सीमाभञ्जक सोच !

बुधवार , भाद्र १३, २०७५

बलराम तिमिल्सिना ************** मात्र दुई वटा विकल्प दिइयो- कि जित्न तयार हौ र लड्न आऊ कि हार्न तयार हौ र हात उठाऊ जिते विजेताको माला लगाउँछौ फूलको हारे हरुवाको माला लगाउँछौ फलामको छिटो छिटो रोज /कुनै यौटा रोज यो दुईमा एक रोज्ने विकल्प मलाई पटक्कै मन परेन अस्वीकृतिसूचक मुन्टो हल्लाएँ मैले ! अर्को पटक फेरि दुई वटै विकल्प दिइयो झण्डै झण्डै उस्तै - कि शासक वन्न तयार होऊ र शासन गर कि शासित बन्न तयार होऊ र शासन खप शासक बने सत्तामा बस र मोज गर शासित बने सडकमा बस र मोज हेर आजै रोज / अहिलै रोज यसरी फेरी तोक आदेश आयो मैले यो आदेश नाइँ भनेर अस्वीकार गरें ! फेरि उस्तै उस्तै कुरा आयो - सक्छौ पैसा गन र मलाई किन सक्दैनौ पैसा थाप र तिमी बिक किन्न सक्यौ भने भोग मेरो सवै कुरा कि म किन्छु तिमीलाई र भोग्छु आहा ! कति आकर्षक कुरा हेर त लु फटाफट रोज / कुनै यौटा रोज यसरी फकाइयो मलाई धेरै पटक सोचेपछि मैले यो आदेश पनि अस्वीकार गरें ! हिजो आज म उनीहरूको कालो सूचीमा परेको छु ! ३०७५|०४|०२ ढल्को